सञ्चारिका समूहद्वारा छ महिला पत्रकार सम्मानित

वैशाख ५, २०८२

कान्तिपुर संवाददाता

Six female journalists honored by media group

काठमाडौँ — सञ्चारिका समूह नेपालले छ जना महिला पत्रकारलाई सम्मान गरेको छ । शुक्रबार समूहको ९ औं महाधिवेशनका अवसरमा सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले विभिन्न विधामा महिला पत्रकारलाई नगदसहित सम्मान गरेका हुन् ।

'सञ्चारिका समानता पुरस्कार, २०८०’ बाट हिमाल खबरकी पत्रकार धनु विश्वकर्मालाई २० हजार र ‘स्व. उमा सिंह पत्रकारिता पुरस्कार २०८०’ बाट अप्पन टिभीकी सपनाकुमारी कर्णलाई १० हजार रूपैयाँ नगदसहित सम्मान गरिएको हो ।

यसैगरी ‘सञ्चारिका प्रोत्साहन पुरस्कार २०८०’ इन्डिजिनियस टेलिभिजनमा कार्यरत पत्रकार डोल्मा शेर्पा र रातोपाटी डटकममा कार्यरत सरिता थारुलाई प्रदान गरिएको हो । 

यस्तै ‘सञ्चारिका अग्रणी सम्मान २०८०’ वरिष्ठ पत्रकार डा. हरिकला अधिकारी र वरिष्ठ पत्रकार उषा लोहनीलाई प्रदान गरिएको छ ।

कान्तिपुर

Link copied successfully