रातो मस्त्येन्द्रनाथको रथ निर्माण सुरु

वैशाख ३, २०८२

कान्तिपुर संवाददाता

Construction of Rato Mastyendranath's chariot started

काठमाडौँ — अन्न र सहकालका देवता मानिने रातो मत्स्येन्द्रनाथको रथ निर्माण धमाधम भइरहेको छ । रथ निर्माणमा पाटनका बाराही र ञवा गुठीका गुठीयार  सहभागी हुन्छन् ।

बाराही गुठीका नाइके दिलकुमार बाराहीका अनुसार रथमा ञवा गुठीयारले लःसी, खम्बा, गलःसी र दाँयाबाँया काठ नहल्लियोस् भनेर चिरुवाको बेत र गोलो बेत नागको आकारमा कस्ने गर्दछन् भने बाराही गुठीयारले काठको काम गर्ने गर्छन् ।

Construction of Rato Mastyendranath's chariot startedपरम्पराअनुसार १५ दिन भित्र बनाउनुपर्ने रथ निर्माण सम्पन्न भइसकेपछि अन्त्यमा धूपीले सजाउने गरिन्छ । त्यसपछि मत्स्येन्द्रनाथलाई वैशाख कृष्ण त्रियोदशीका दिन बौद्ध परम्पराअनुसार प्राणप्रतिष्ठा गराई पुरुष र नारी दुवैलाई गरिने दसकर्म गराइनेछ ।

दसकर्म सकिएपछि वैशाख शुक्ल प्रतिपदाको दिन पुल्चोकमा रथारोहण गराइन्छ । त्यसको चौथो दिनदेखि रथ यात्रा सुरु हुन्छ । यस वर्ष रथ जात्रा वैशाख १८ गते परेको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully