६ किलो गाँजासहित विमानस्थलबाट भारतीय नागरिक पक्राउ

वैशाख २, २०८२

कान्तिपुर संवाददाता

Indian citizen arrested at airport with 6 kg of ganja

काठमाडौँ — प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६ किलो ९ सय ७० ग्राम गाँजासहित भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २७ वर्षीय विशाक विजयन रहेका छन् । उनलाई सोमबार राति पक्राउ गरिएको हो । 

थाई एयरको उडानद्वारा बैंकक हुँदै नेपाल आएका उनलाई विमानस्थलको टनेल गेटमा लगेज चेक गर्ने क्रममा उक्त पदार्थसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

कान्तिपुर

Link copied successfully