बबरमहलमा मोटरसाइकलले स्कुटरलाई ठक्कर दिँदा एकको मृत्यु, दुई घाइते

चैत्र ३०, २०८१

कान्तिपुर संवाददाता

One killed, two injured when a motorcycle hit a scooter in Babarmahal

काठमाडौँ — बबरमहलमा शनिबार भएको मोटरसाइकलले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

काठमाडौं महानगरपालिका–११ बबरमहलस्थित सडकमा प्र २–०३–०१८प ५८३४ नम्बरको स्कुटरलाई प्र ३–०२–०१०प ६९५४ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा मोटरसाइकल चालक अन्दाजी ३० वर्षीय पुरुषको मृत्यु भएको हो ।

मृतकको परिचय नखुलेका ती व्यक्तिको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।

दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार एक र स्कुटरमा सवार एक जनाको सोही अस्पतालमा उपचार भइरहेको उनले बताए ।

कान्तिपुर संवाददाता

Link copied successfully