सदर चिडियाखाना नयाँ वर्षदेखि सन्ध्याकालीन

चैत्र २८, २०८१

कान्तिपुर संवाददाता

Sadar Zoo from New Year's Eve

काठमाडौँ — नयाँ वर्षदेखि जावलाखेलस्थित सदर चिडियाखाना सन्ध्याकालीन रुपमा सञ्चालन हुने भएको छ ।

बिहीबार वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले २०८२ को वैशाख १ देखि सन्ध्याकालीन रुपमा बेलुका ८ बजेसम्म चिडियाखाना सञ्चालनको निर्णय भइसकेको र त्यसका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको बताए । चिडियाखाना हाल बेलुका ५ बजेसम्म मात्रै सञ्चालन हुने गरेको छ । 

बिहीबार चिडियाखानाभित्र रहेको शिशु स्तनपान कक्ष र फल्चा उद्‌घाटनका अवसरमा मन्त्री शाहीले उक्त जानकारी दिएका हुन् ।

कान्तिपुर

Link copied successfully