काठमाडौंमा चैत २९ देखि दुई दिने हनुमान प्रकाट्य महोत्सव हुने

चैत्र २८, २०८१

कान्तिपुर संवाददाता

A two-day Hanuman Prakatya festival will be held in Kathmandu from Chait 29

काठमाडौँ — श्री राम हनुमान सेवा मण्डलले चैत २९ गतेदेखि दुई दिने हनुमान प्रकाट्य महोत्सव गर्ने भएको छ । कमलपोखरीस्थित अग्रवाल सेवा केन्द्रमा हुने महोत्सवको पहिलो दिन बिहान ११ बजे ज्योति प्रज्वलनको कार्यक्रम छ ।

महोत्सवमा ओमप्रकाश जोशी र कोलकाताका ज्योति खन्नाले नृत्य नाटिका र भजन प्रस्तुत गर्नेछन् । पहिलो दिन सुन्दरकाण्ड पाठ हुनेछ भने दोस्रो दिन स्थानीय कलाकारको भजन प्रस्तुत गर्नेदेखि हनुमान जन्मोत्सवका अवसरमा विशेष प्रस्तुतिसमेत रहनेछ । 

महोत्सवमा २०१ किलोको लड्डुको महभोगदेखि १५१ किलोको रोटको महाभोग दिने कार्यक्रम छ ।

कान्तिपुर

Link copied successfully