महानगरका कर्मचारीले बुझे ३ महिनादेखि रोकिएको तलब

चैत्र २५, २०८१

कान्तिपुर संवाददाता

Employees of the metropolis understood that their salaries have been stopped for 3 months

काठमाडौँ — काठमाडौं महानगरपालिकाका कर्मचारीले तलब बुझेका छन् । तीन महिनादेखि रोकिएको तलब महानगरका कर्मचारीले आज पाएका हुन् ।

काठमाडौं महानगरपालिकाका सहायक प्रवक्ता ध्रुवकुमार काफ्ले सोमबार एक बजे तलबको म्यासेज आएको बताए । 'महानगरबाट पाउनुपर्ने सबैले तलब पाएका हुन्,' उनले भने । 

चैत १५ गते महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं हाजिर भएसँगै तीन महिनादेखि रोकिएको कर्मचारीको तलब दिने निर्णय गरेका थिए ।

कान्तिपुर

Link copied successfully