काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ कार्यालय पुगेर हाजिर

चैत्र २१, २०८१

कान्तिपुर संवाददाता

Saroj Guragai, chief administrative officer of Kathmandu Metropolitan City, reached the office and appeared

काठमाडौँ — काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ कार्यालय पुगेर हाजिर भएका छन्। उपप्रमुख सुनिता डंगोल तथा महानगरका कर्मचारीहरूको सहयोगमा उनले हाजिर गरेका हुन्। साढे तीन महिनादेखि प्रमुख प्रशासकीय अधिकृतविहीन हुँदा महानगरका कर्मचारीहरू तलब पाउनबाट वञ्चित भएका थिए।

यसअघि गुरागाईँ कार्यालय प्रवेश गर्न खोज्दा नगर प्रहरी र कर्मचारीबीच तनाव उत्पन्न भएको थियो। कर्मचारी र जनप्रतिनिधिले घेराउ गरेर उनलाई कार्यकक्षतर्फ लगेका थिए।

मेयर बालेन्द्र साहको निर्देशनमा प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला लगाइएको थियो, तर कर्मचारीहरूले ताला फोडेर गुरागाईँलाई हाजिर गराएका हुन्।

मेयर साहले गुरागाईँलाई गत पुस ७ गतेदेखि बिदामा राखेका थिए।

कान्तिपुर

Link copied successfully