अन्नपूर्ण मिडियाको कार्यालयमा तोडफोड र आगजनी प्रयास

चैत्र १५, २०८१

कान्तिपुर संवाददाता

Vandalism and arson attempt at Annapurna Media office

काठमाडौँ — राजावादी आन्दोलनकारीले तीनकुनेस्थित अन्नपूर्ण मिडिया नेटवर्कको कार्यालयमा तोडफोड र आगजनी प्रयास गरेका छन् । 

भवनका सिसाहरू फुटाउँदै आगो झोस्ने प्रयास भएको अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतले बताए । शुक्रबार तीनकुने केन्द्रित आन्दोलनमा जम्मा भएका राजावादीबाट सञ्चार गृह, व्यक्तिगत घरदेखि अफिससम्म आक्रमण र तोडफोड भएको थियो । महाप्रबन्धक बस्नेतले आतंक मच्चाउँदै आक्रमण र आगजनी भएको बताए ।

व्यक्तिका घर, पसल, सञ्चार गृह र सरकारी सम्पत्तिमा आगजनी बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले तीनकुने क्षेत्रमा कर्फ्यु लगाएको छ । तीनकुने क्षेत्रमा अराजकता बढ्दै गएको, सुरक्षाकर्मी र दमकलमाथि नै आक्रमण गर्ने क्रम बढेपछि स्थिति नियन्त्रणमा लिन कर्फ्यु लगाउने निर्णय गरिएको हो । कर्फ्युपछि पनि तीनकुनेमा राजावादीले नाराबाजी जारी राखेका छन् । 

कान्तिपुर संवाददाता

Link copied successfully