बहिनी जिस्काएको निहुँमा खुकुरी प्रहार गरी युवकको हत्या

चैत्र १४, २०८१

कान्तिपुर संवाददाता

A young man was killed by hitting his sister on the pretext of teasing her

काठमाडौँ — आफ्नी बहिनीलाई जिस्काएको निहुँमा ललितपुरमा एक युवकले अर्का ३० वर्षीय युवकको हत्या गरेका छन्। 

जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार रामेछाप घर भइ हाल महालक्ष्मी नगरपालिका-४ ओचुहाइट बस्ने २५ वर्षीय सुमन रसाइलीले ३० वर्षीय रिपक खातीको घाँटीमा खुकुरी प्रहार गरी हत्या गरेका हुन्। 

खुकुरी प्रहार गर्ने रसाइलीलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ। सुमनले रिपकलाई गएराति ओचुहाइटस्थित शिवमन्दिर नजिकै भेट्नका लागि बोलाएका थिए। 

त्यही बेला उनले खुकुरी प्रहार गरी रिपकको हत्या गरेका थिए। 

कान्तिपुर

Link copied successfully