काठमाडौँ — प्रहरीले चन्द्रागिरी नगरपालिका–४ पानीघाटबाट सालकको खबटा जस्तो देखिने वस्तु ८ थान, दुम्सीको काँडा जस्तो देखिने वस्तु ३ थान र ५२ हजार रूपैयाँसहित शनिबार पक्राउ परेका एक जनालाई सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा दोलखा शैलुङ गाउँपालिका–६ भएका सुवास तामाङ छन् ।
प्रहरी वृत थानकोटबाट खटिएको प्रहरीले तामाङलाई मकवानपुरको चित्लाङबाट काठमाडौं थानकोटतर्फ आउँदै गरेको अवस्थामा उक्त खबटासहित फेला पारेको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
