महानगरभित्रको सहकारी अनुगमन गर्न समिति गठन

चैत्र १०, २०८१

कान्तिपुर संवाददाता

Formation of a committee to monitor cooperatives within the metropolis

काठमाडौँ — काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालित सहकारीको अनुगमन गर्न पाँच सदस्यीय समिति गठन गरेको छ । 

समितिको संयोजकमा महानगरको सहकारी विभागका प्रमुख नमराज ढकाल र सदस्यसचिवमा विभागकै नियमन महाशाखा प्रमुख हरिबहादुर पाटामगर छन् ।

यसैगरी सदस्यमा काठमाडौं जिल्ला सहकारी संघका अध्यक्ष सुमन केसी, विभागका शाखा अधिकृत नारायण विक र विभागकै लेखापाल दीपेन्द्र केसी छन् । महानगरले गत चैत ८ गते उक्त समिति गठन गरेको हो । 

समितिले महानगरको नियामकीय क्षेत्रभित्र पर्ने सहकारी संस्थाहरूको अनुगमन गरी प्रतिवेदन तयार गर्नेछ । 

कान्तिपुर

Link copied successfully