ललितपुरमा ७५ लाख लागतमा सञ्जीवनी पार्क निर्माण

चैत्र १०, २०८१

कान्तिपुर संवाददाता

Construction of Sanjeevani Park in Lalitpur at a cost of 75 lakhs

ललितपुर — ललितपुर महानगरपालिका-२५ को भैंसेपाटीमा सञ्जीवनी पार्क निर्माण सम्पन्न गरेको छ । महागनरले ७५ लाख लागतमा पार्क खण्ड ‘ख’ निर्माण सम्पन्न भएको जानकारी दिएको छ ।

पार्कको उद्घाटन महानगरका मेयर चिरीबाबु महर्जनले गरे । महानगरमा ४० भन्दा धेरै पार्क निर्माण सम्पन्न भइसकेको उनले जानकारी गराए । महानगरको सार्वजनिक जग्गा अतिक्रमण हुन नदिन ललितपुरले काम गरिरहेको समेत उनले बताएका छन् ।

कान्तिपुर संवाददाता

Link copied successfully