काठमाडौँ — शिक्षा, स्वास्थ्य, बाल कल्याण, वातावरणीय व्यवस्थापनजस्ता विषयमा काम गरिरहेको गैरसरकारी संस्था निवारण फाउन्डेसनले सन्जीवनी परियोजनाअन्तर्गत नेपालका ७७ वटै जिल्लाहरुमा ५० शय्याको अस्पताल बनाउने निर्णय गरेको छ ।
फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा विकास प्रबन्धक उज्ज्वल सुवेदीले सन् २०३२ सम्ममा अस्पताल बनाइसक्ने बताए । फाउन्डेसनले सन् २०२५ देखि २०२७ सम्ममा ५२ जिल्लाका २७५ गाउँपालिकामा स्वास्थ्य शिविर संचालनमा गर्ने, सन् २०२७ देखि २०२९ सम्ममा सात प्रदेशमा ७७ वटा ५० शय्याको समुदायस्तरका स्वास्थ्य केन्द्र निर्माण गर्ने योजना पनि राखेको छ ।
२०२७ देखि २०३२ सम्ममा ७०० शय्याको निवारण फाउण्डेशनको केन्द्रीय अस्पताल बनाउने योजना अघि सारेको छ । फाउन्डेसनले प्रथम चरणको कार्यक्रमअन्तर्गत २०८२ जेठ १ गतेबाट सुदूरपश्चिम प्रदेशको बाजुराको छेडेदहबाट सुरु गर्ने योजना अघि सारेको छ ।
- अभिषेक अधिकारी (प्रशिक्षार्थी)
