पाटन क्याम्पसमा नेविसंघ र अनेरास्ववियुबीच झडप

चैत्र ५, २०८१

कान्तिपुर संवाददाता

Clash between NSS and ANERASWIU on Patan campus

काठमाडौँ — पाटन संयुक्त क्याम्पसमा सत्तारुढ नेविसंघ र अनेरास्ववियु समर्थित विद्यार्थीहरुबीच झडप भएको छ । झडपपछि बिहिनैदेखि रोकिएको मतदान प्रक्रिया झनै अनिश्चित बनेको थियो । 

मतदाता परिचयपत्रका विषयमा विवाद हुँदा मतदान सुरु भएपछि रोकिएको थियो । निर्वाचन अधिकृत छविराज बरालले छलफलमा कुरा मिल्ने नसकेपछि केन्द्रीय निर्वाचन समितिको निर्णयको प्रतिक्षामा रहेको बताए । 

अनेरास्ववियुले अध्यक्ष समिक बडालले नेविसंघका कार्यकर्ताले आफ्ना कार्यकर्तामाथि आक्रमण गरेको जनाए । क्याम्पसको गेट बाहिर झडप भएको थियो । प्रहरीले हस्तक्षेप गरी झडप साम्य पारेको थियो । उनकाअनुसार झडपमा अनेरास्ववियुका दिनेश श्रेष्ठ, पवन शाही गम्भीर र राजीव अधिकारी समिक राई सामान्य घाइते भएका छन् । 

अनेरास्ववियुले विज्ञप्ति जारी गरेर आक्रमणमा संलग्नहरुलाई कारबाहीको मागसमेत गरेको छ ।

कान्तिपुर

Link copied successfully