चिकित्सक तिमला र  सोलो ट्राभलर सिर्जनालाई रोटरी पुरस्कार 

चैत्र ४, २०८१

कान्तिपुर संवाददाता

Rotary Award to Dr. Timla and Solo Traveler Creation

काठमाडौँ — सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा जटिल प्रकारका शल्यक्रिया गर्ने चिकित्सक रवीन्द्रभक्त तिमला र आन्तरिक पर्यटन प्रवर्द्धन गर्दै आइरहेकी  सोलो ट्राभलर  सिर्जना (सिज्जु) वलीलाई  रोटरी क्लब अफ पाटनले सोमबार ‘रोटरी भोकेस्नल अवार्ड’ प्रदान गरेको छ ।

सबैभन्दा पुरानो रोटरी क्लब अफ पाटनले सोमबार पुल्चोकमा आयोजना गरेको कार्यक्रममा शहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रका चिकित्सक तिमला र पश्चिम रुकुमको सानोभेरी गाउँपालिकाकी सोलो ट्रेकर ब्लगरलाई जनही २५ हजार नगदसहित ‘रोटरी भोकेस्नल अवार्ड’ प्रदान गरिएको हो ।

सेवाभन्दा माथि स्वहित छैन भन्ने मूल मन्त्र मान्दै आएको रोटरीले विभिन्न पेशामा इमान्दारिता, समर्पण र उच्च नैतिक मूल्य कायम राख्दै परोपकारी काम गर्नेहरूलाई पुरस्कृत गर्दै आएको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully