मन्त्री निवास क्षेत्रमा विरोध प्रदर्शन नगर्न ललितपुर प्रशासनको आदेश

चैत्र ३, २०८१

कान्तिपुर संवाददाता

Lalitpur administration orders not to hold protest in minister residence area

काठमाडौँ — जिल्ला प्रशासन कार्यालय ललितपुरले पुल्चोक र भैँसेपाटीस्थित मन्त्री निवास क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति भेला भई अनसन, धर्ना, घेराउ, जुलस, प्रदर्शन तथा विरोधसभा जस्ता कार्यक्रम नगर्न निषेधाज्ञा जारी गरेको छ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३(क) बमोजिम ललितपुरका प्रमुख जिल्ला अधिकारी रमेश ढकालले आइतबार यस्तो निषेध आदेश जारी गरेका हुन्। 

पूरानो मन्त्री निवास क्षेत्र पुल्चोकस्थित यु.एन. हाउस र पुरानो मन्त्री निवास क्षेत्र र भैसेपाटीस्थित नयाँ मन्त्री निवास क्षेत्रमा निषेधाज्ञा जारी भएको हो। 

आइतबारदेखि जारी भएको आदेश दुई महिनासम्मका लागि रहने छ। यहाँ यसअघि पनि निषेधाज्ञा जारी भएको थियो। 

Lalitpur administration orders not to hold protest in minister residence area

Lalitpur administration orders not to hold protest in minister residence area

कान्तिपुर संवाददाता

Link copied successfully