काठमाडौँ — प्रहरीले काठमाडौं महानगरपालिका–९ पिंगलास्थान चोक नजिक शिवदर्शन होटलबाट लागूऔषध र नगद ३५ हजार रुपैयाँसहित तीन जनालाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने सुनसरी घर भएका सुरज राई, काठमाडौं एयरपोर्ट बस्ने सिन्धुपाल्चोक घर भएका बिशाल थापा र कास्की घर भएका नाम नखुलेका एक १६ वर्षीय किशोर रहेका छन् । प्रहरी वृत्त गौशालाबाट खटिएको टोलीले होटल तलासी गर्दा उनीहरूलाई ९ सय ९६ ग्राम गाजा, ट्रामोल १० ट्याब्लेटसहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
