होली मनाउने क्रममा काठमाडौंबाट दुई महिलासहित २२ जना प्रहरीको नियन्त्रणमा

फाल्गुन २९, २०८१

कान्तिपुर संवाददाता

22 people including two women from Kathmandu are under police control while celebrating Holi

काठमाडौँ — होली मनाउने क्रममा उच्छृंखल गतिविधि गर्ने २४ जनालाई काठमाडौं प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराका अनुसार २ महिलासहित २४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । 

प्रहरीले आजै चारपांग्रे सवारी साधन ५ वटा, दुई पांग्रे १३८ वटा गरेर १ सय ४३ वटा सवारी साधनलाई  प्रहरी नियन्त्रणमा लिएको थियो । त्यसमध्ये ९९ सय वटा दुईपांग्रे र ४ वटा चारपांग्रे सवारी साधन होल्डमै राखिएको छ । बाँकी सवारी साधन भने छाडिएको छ । बाँकी रहेका सवारी साधनलाई पनि प्रक्रिया पुर्‍याएर साँझसम्म छाडिने बोहराले जानकारी दिए । नियन्त्रणमा लिइएका मानिसलाई पनि बेलुकासम्म छाडिने छ । 

मापसे र लापसे गरेर सवारी चलेका सवारी साधन, स्वरुप चेन्ज भएका, स्पिडमा चलाइएका सवारी साधन र चालकहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । त्यस्तै होलीको नाममा होहल्ला गर्दै उच्छृंखल गतिविधि गर्नेलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । होलीलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न र गराउनका लागि बिहीबार काठमाडौंमा ट्राफिक, जनपद , सादा पोसाक र अनुगमनसमेत गरेर २ हजार ७ सय ६ जना प्रहरी परिचालन भएका थिए । जसमा २ हजार ३५ जना जनपद प्रहरी र ६ सय ७१ ट्राफिक प्रहरी हुन् ।

कान्तिपुर

Link copied successfully