रसियाको उलान उदे सहर र ललितपुर महानगरपालिकाबीच भगिनी सम्बन्ध

फाल्गुन २८, २०८१

कान्तिपुर संवाददाता

Sister relationship between Ulan Ude city of Russia and Lalitpur Metropolitan City

ललितपुर — ललितपुर महानगरपालिका र रसियाको उलान उदे सहरबीच भगिनी सम्बन्ध स्थापना भएको छ । ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जन र उलान उदे सहरका मेयर इगोर शुतेन्कोवले  भगिनी सम्बन्ध सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरे । 

ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले भगिनी सम्बन्धले दुबै देशका जनताबीचको सम्बन्धलाई  प्रगाढ बनाउने दाबी गरे । उनले भने, ‘दुई सहरबीचको यो सम्बन्धले धेरै कुराको सम्भावना खोलेको छ।’

ललितपुर महानगर कला, संस्कृति र सम्पदाको सहर भएको बताउँदै उलान उदे सहरमा ललितपुरको संस्कृति र सम्पदा झल्काउने काम गर्न इच्छुक भएको बताए। बुद्धको देश नेपालबाट रसियाका जनतालाई सन्देश लिएर आएको बताउँदै बुर्यातिया प्रमुख र उलान उदे सहरका प्रमुखलाई नेपाल आउन निम्तो दिए। 

रिपब्लिक अफ बुर्यातिया रसियाका प्रमुख अलेक्सेई स्प्देनोभले नेपाल र रिपब्लिक अफ बुर्यातियाबीच धेरै विषय एक अर्कासँग मिल्दाजुल्दा भएको बताए । भेटघाटलाई बाक्लो बनाउने बताउँदै संयुक्त रुपमा परियोजनाहरु संचालन गर्ने जानकारी दिए ।  

उलान उदे सहरका मेयर इगोर शुतेन्कोवले यो भगिनी सम्बन्धले नेपाल र रुसबीचको सम्बन्धमा नयाँ आयाम थपेको बताए । दुई देशको विकासका लागि के गर्न सकिन्छ यस सम्बन्धमा थप गृहकार्य गरी अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । उलान उदे रसियाको पुरानो सहर हो । विकासशील यो सहरका विशेषता ललितपुर महानगरसँग मिल्दाजुल्दा छन् । 

कान्तिपुर संवाददाता

Link copied successfully