मित्रनगरमा जुवातास खेल्ने ७ जना पक्राउ

फाल्गुन २८, २०८१

कान्तिपुर संवाददाता

7 people arrested for gambling in Mitranagar

काठमाडौँ — प्रहरीले काठमाडौं महानरपालिका–२६ मित्रनगरस्थित रूकुम पश्चिम मुसीकोट नगरपालिका–१० घर भएका ४५ वर्षीय सञ्जयकुमार कठायतको ‘लाइभ इन गेस्ट हाउस’ मा जुवातास खेलिरहेको अवस्थामा होटल सञ्चालकसमेत गरी ७ जनालाई पक्राउ गरेको छ ।

प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ३५ हजार रूपैयाँसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully