कीर्तिपुरमा सुनका गरगहना चोरी गर्ने तीनजना पक्राउ

फाल्गुन २७, २०८१

कान्तिपुर संवाददाता

Three arrested for stealing gold jewelery in Kirtipur

काठमाडौँ — प्रहरीले कीर्तिपुर नगरपालिका–३ ढल्पाबाट सुन तथा चाँदीका गरगहना चोरी गर्ने तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपाञ्चोक मेलम्ची नगरपालिका–१३ घर भई काठमाडौं महानगरपालिका–१३ बस्ने राज कुमार कार्की, धादिङ घर भएका फुलबहादुर तामाङ र भारत बिहार घर भएका महोमद इमरान रहेका छन् ।

प्रहरीका अनुसार उनीहरुले २०८१ फागुन १५ मा चोरी गरेका थिए । उनीहरुलाई प्रहरी वृत कीर्तिपुरबाट खटिएको टोलीले पक्राउ गरेको हो । प्रहरीले उनीहरूको साथबाट सुनको रिङ २ थान, सिक्का, तिलहरी, चाँदीको तिलहरी, बाला ४ थान, ल्याप्टप २ थानसमेत बरामद गरेको छ ।

उनीहरू उपर जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद थपको अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कान्तिपुर

Link copied successfully