काठमाडौँ — चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) र महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पतालबीच न्याम्सको स्नातकोत्तर तह (एमडी/एमएस) कार्यक्रम प्रहरी अस्पतालमा सञ्चालन गर्न सम्झौता भएको छ ।
देशका विभिन्न अस्पतालमा न्याम्सका कार्यक्रम विस्तार भइरहेको छ । प्रहरी अस्पताल न्याम्सको कार्यक्रम विस्तार भएको २२ औं अस्पताल भएको जानकारी न्याम्सका उपकुलपति प्रा.डा.भुपेन्द्रकुमार बस्नेतले दिए ।
सम्झौता पत्रमा न्याम्सका तर्फबाट शिक्षाध्यक्ष डा. लोचन कार्की र अस्पतालका तर्फबाट मेडिकल डाइरेक्टर सुन्दरप्रसाद होजुले हस्ताक्षर गरेका छन् ।
