बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीहरू पक्राउ

फाल्गुन २६, २०८१

कान्तिपुर संवाददाता

Absconding accused in banking crime case arrested

काठमाडौँ — प्रहरीले बैंकिङ कसूर मुद्दाका फरार २ जना प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–१४ बस्ने सुनिल दवाडी र सिन्धुली दुधौली नगरपालिका–७ घर भई भक्तपुर सूर्यबिनायक नगरपालिका–३ बस्ने सुरेन्द्र घिमिरे रहेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सुनिललाई ललितपुर महानगरपालिका–५ भनिमण्डलबाट र सुरेन्द्रलाई काठमाडौं महानगरपालिका–२६ सामाखुसीबाट पक्राउ गरेको हो ।

पक्राउ परेकामध्ये सुनिललाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त कालिमाटी र सुरेन्द्रलाई प्रहरी वृत्त जनसेवा काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

कान्तिपुर

Link copied successfully