काठमाडौँ — प्रहरीले चन्द्रागिरी नगरपालिका–२ नागढुंगाबाट करिब १ सय ७ ग्राम ब्राउनसुगरसहित सुनसरी घर भएका ३८ वर्षीय साहबुदिन मन्सुरीलाई पक्राउ गरेको छ ।
प्रहरी प्रभाग नागढुंगा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुंगाबाट खटिएको प्रहरीले काँकडभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको प्र.०१–०१–००६ ख ४८१७ नम्बरको बसमा सवार उनलाई लागूपदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्ध थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
