काठमाडौँ — प्रहरीले काठमाडौंको टेकुमा बसेका १ व्यक्तिको उद्धार गरेको छ । आइतबार बिहान पौने ७ बजेतिर ढलमा खसेका सिन्धुपाल्चोक साँगाचोकगढी-१० का रामशरण ढुंगानालाई प्रहरीले सकुशल उद्धार गरेको हो ।
प्रहरी वृत्त कालिमाटीका डीएसपी रुपेश खड्काका अनुसार उनी खसेको २० मिनेटजतिमा उद्धार भएको थियो ।
उद्धारका लागि प्रहरीको विपद् व्यवस्थापन महाशाखा सामाखुसीको टोलीसमेत परिचालन भएको डीएसपी खड्काले जानकारी दिए ।
ढुंगानालाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर पठाइएको पनि उनले बताए । प्रहरीका अनुसार ढुंगानाको मानसिक स्वास्थ्यसँग जुधिरहेका व्यक्ति हुन् ।
