काठमाडौँ — प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी सर्बिया पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा पक्राउ परेका दैलेख गुराँस गाउँपालिका–७ घर भई काठमाडौं टोखा नगरपालिका–९ गणेशथान बस्ने सर्वराज बिसीलाई सार्वजनिक गरेको छ ।
प्रहरीका अनुसार बिसीले सर्बिया पठाइदिन्छु भन्दै पीडितबाट ४ लाख रूपैयाँ लिई सम्पर्कविहीन बनेका थिए । बिसीलाई उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले शुक्रबार काठमाडौं महानगरपालिका–१२ टेकुबाट पक्राउ गरेको थियो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचाल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।
