काठमाडौँ — चन्द्रागिरि नगरपालिका–१०, बोसीगाउँस्थित आरएमबी प्लास्टिक प्याकेजिङ हाउस (कबाड कारखाना) मा आगलागी नियन्त्रणमा आएको छ ।
हिराकाजी महर्जनको जग्गा भाडामा लिएर पुष्पा श्रेष्ठ र उनका श्रीमान् रमेश पोदारले सञ्चालन गरेको उक्त कारखानामा शुक्रबार राति करिब १ बजेर २० मनेटमा अचानक आगलागी भएको थियो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक अपीलराज बोहराका अनुसार दमकल र सुरक्षाकर्मीको प्रयासपछि बिहान ६ : ५ मा आगलागी नियन्त्रणमा आएको थियो ।
‘घटनाको बाँकी विवरण आउन बाँकी छ,' बोहराले भने, 'प्रहरी वृत्त बालाजु, प्रहरी वृत्त थानकोट, प्रहरी प्रभाग बलम्बु र सशस्त्र प्रहरीबाट १० सहित ४२ जना प्रहरीसहित ७ वटा दमकल र विभिन्न स्थानबाट आएको १५ वटा पानि ट्यांकर प्रयोग भएको थियो ।’
