थापाथलीमा फुटेको खानेपानीको पाइप मर्मत सकियो

फाल्गुन २१, २०८१

रासस

The broken water pipe in Thapathali has been repaired

काठमाडौँ — थापाथलीमा मङ्गलबार बिहान फुटेको मेलम्ची खानेपानी आयोजनाको मुख्य पाइपलाइन मर्मत भएको छ ।

काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)को प्राविधिक टोलीले फुटेको पाइपलाइन आज बिहान ४ बजे मर्मत पूरा गरेको केयुकेएलका इन्जिनियर प्रकाश बरालले जानकारी दिए। 

पाइप मर्मत भएपछि सडक पनि एकतर्फीरुपमा खुलेको छ । जसका कारण सडकमा सवारी जाम भएको छ। 

रासस

Link copied successfully