थापाथलीमा फुटेको मेलम्चीको पाइप मर्मत कार्य सुरु

फाल्गुन २०, २०८१

कान्तिपुर संवाददाता

The repair work of broken Melamchi pipe in Thapathali has started

काठमाडौँ — काठमाडौंको थापाथली चोक नजिक आज बिहान फुटेको मेलम्चीको मुख्य पाइपलाइन मर्मतकार्य सुरु गरिएको छ ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) को प्राविधिक टोलीले फुटेको पाइपलाइन मर्मत कार्य सुरु गरेको केयूकेएलका इञ्जिनियर प्रकाश बरालले जानकारी दिए ।

'आज बिहान थापाथलीमा मेलम्चीको फुटेको पाइप मर्मतका लागि हाम्रो टोली खटिएको छ । आज मर्मत कार्य सकेर आजै पानी वितरण सुरु गर्ने तयारीमा छौँ,'  उनले भने ।

बिहानै पाइप फुट्दा उक्त क्षेत्रमा जलमग्न सडकसमेत  भासिएको थियो । थापाथली चोकबाट नर्भिक इन्टरनेसनल अस्पताल आउने सडकमा पाइप फुट्दा पानी नजिकका घर र पसलहरूमा पसेको थियो । 

कान्तिपुर

Link copied successfully