लागुऔषध नियन्त्रण हरेक व्यक्तिको अभियान हुनुपर्छ : उपमेयर डंगोल

फाल्गुन १७, २०८१

कान्तिपुर संवाददाता

Drug control should be everyone's campaign: Deputy Mayor Dangol

काठमाडौँ — काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले लागुऔषधको प्रयोग र कारोबार नियन्त्रणका लागि सरकारले मात्रै अभियान चलाएर सम्भव नहुने बताएकी छन् ।

नेपाल प्रहरीले शनिबारदेखि सुरु गरेको लागुऔषध विरुद्धको महाअभियान कार्यक्रममा उपमेयर डंगोलले लागुऔषविरुद्धको महाअभियान नेपाल प्रहरी, स्थानीय सरकार र सरकारको मात्रै नभई सम्पूर्ण नागरिकको भएको बताएकी हुन् । 

लागुऔषध नियन्त्रणको लागि भएका प्रयासहरू अपर्याप्त भएको बताउँदै उपमेयर डंगोलले नयाँ योजना अगाडि सार्नुपर्ने बताइन् । ‘यो महाअभियान नेपाल प्रहरीको मात्र, स्थानीय सरकार, सरकारको मात्र होइन । यो हरेक व्यक्तिको अभियान हुनुपर्दछ । हामीले लागुऔषध विरुद्धका दिवस पनि मनाउने गर्दछौं । त्यसमा लागुऔषधको प्रयोग र कारोबारलाई बन्द गरौं भन्ने उद्देश्यका साथ हरेक वर्ष मनाउँदै आइरहेका छौं । यति मनाउँदा मनाउँदै पनि संख्या घट्नुपर्ने ठाउँमा बढिरहेको छ,' उपमेयर डंगोलले भनिन्, 'अहिले हामीले जुन बाटोबाट लागुऔषधको प्रयोग र कारोबार नियन्त्रणका लागि प्रयास गरिरहेका छौं ती प्रयासलाई फेरि एक पटक पुनःविचार गर्नुपर्ने आवश्यकता देखिएको छ ।’

उपप्रमुख डंगोलले लागुऔषध नियन्त्रणको अभियानमा सबैसँग मिलेर काम गर्न महानगरपालिका तयार रहेको बताइन् ।

कान्तिपुर

Link copied successfully