संयुक्त राजनीतिक दलित संघर्ष समितिको संयोजकमा श्रीपाली

फाल्गुन १४, २०८१

कान्तिपुर संवाददाता

Sripali is the coordinator of United Political Dalit Sangharsh Samiti

काठमाडौँ — संयक्त राजनीतिक दलित संघर्ष समितिको संयोजकको जिम्मेवारी नेपाल दलित मुक्ति मोर्चाका अध्यक्ष दलजित श्रीपालीले पाएका छन् ।

समितिको फागुन १२ मा काठमाडौंमा सम्पन्न पूर्ण बैठकले श्रीर्पालीलाई संयोजकको जिम्मेवारी दिएको हो । 

समितिका संयोजक एवं नेपाल दलित संघका अध्यक्ष लोकबहादुर विश्वकर्माको अध्यक्षता र राजनीतिक पार्टीका १२ वटै दलित संघ संगठनका अध्यक्षसहितको उपस्थितिमा सम्पन्न समितिको पूर्ण बैठकले संयोजकको जिम्मेवारी श्रीर्पालीलाई दिएको नेपाल दलित मुक्ति मोर्चाका उपाध्यक्ष पदम विश्वकर्माले जानकारी दिए ।

उनका अनुसार समितिको आचारसंहिता अनुसार तत्कालीन संयोजक विश्वकर्माको कार्यकाल समाप्त भएकाले स्वतः अर्को घटक संगठनले नेतृत्व गर्ने व्यवस्था अनुसार श्रीर्पालीले अबको कार्यकालको संयोजकको भूमिका निर्वाह गर्न लागेका हुन् ।

कान्तिपुर संवाददाता

Link copied successfully