ललितपुरको इमाडोलमा आगलागी

फाल्गुन १३, २०८१

रासस

Fire at Imadol in Lalitpur

पाटन — ललितपुरको इमाडोलस्थित एउटा रङ पसलमा आगलागी भएको छ । जिल्ला प्रहरी परिसर ललितपुरका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक नरहरि रेग्मीले दिएको जानकारी अनुसार महालक्ष्मी नगरपालिका–१ इमाडोलको रङ पसलमा मंगलबार साँझ आगलागी भएको हो ।

'प्रहरी र दमकलसहितको टोलीले आगलागी नियन्त्रणमा लिइसकेको छ, माथिल्लो तल्लामा डेन्टल र तल्लो तल्लामा  रङग पसल रहेको छ । क्षतिको विवरण संकलन भइरहेको छ', उनले भने ।

रासस

Link copied successfully