ललितपुरको सिभिल होम्सको एक घरमा आगलागी

पूजाकोठामा बालेको दियो पल्टिँदा आगो लागेको ललितपुर नगर प्रहरीको भनाइ

फाल्गुन ११, २०८१

कान्तिपुर संवाददाता

A fire broke out in a house of Civil Homes in Lalitpur

काठमाडौँ — ललितपुरको सुनाकोठीस्थित सिभिल होम्सको एउटा घरमा आगलागी भएको छ । आइतबार बिहान पौने ९ बजेतिर सुमनध्वज जोशीको घर नम्बर ४६ मा पूजाकोठाबाट आगो सल्किएको ललितपुर नगर प्रहरीले जनाएको छ ।

ललितपुर नगर प्रहरी प्रमुख सीताराम हाछेथुका अनुसार पूजाकोठामा बालेको दियो बत्ती पल्टेर घरमा आगलागी भएको हो । 

A fire broke out in a house of Civil Homes in Lalitpurआगलागीबाट घरमा रहेको सामानहरू जलेर नष्ट भएको पनि प्रहरी प्रमुख हाछेथुले बताए । ललितपुर महानगरपालिकाको दुई वटा दमकल र पानी ट्यांकरको सहायतामा आगो भने निभाइसकिएको छ । 

कान्तिपुर संवाददाता

Link copied successfully