बाटोमा गिटी खसाली फोहोर गर्नेलाई ३० हजार रुपैयाँ जरिवाना

फाल्गुन ११, २०८१

कान्तिपुर संवाददाता

A fine of Rs 30,000 is imposed on those who litter the road

काठमाडौँ — ललितपुर महानगरपालिकाले नख्खुको बाटोमा गिट्टी खसाल्ने मिक्स्चरलाई ३० हजार रुपैयाँ जरिवाना गरेको छ ।

ललितपुर नगर प्रहरी प्रमुख सीताराम हाछेथुका अनुसार नख्खुमा मिक्स्चरले गिट्टी खसाली फोहोर गरेकोमा सन्जोक केसीलाई ३० हजार रुपैयाँ जरिवाना गरिएको हो । उनलाई प्रशासनिक दण्ड, जरिवाना र जफतमार्फत जरिवाना गराइएको हो । 

A fine of Rs 30,000 is imposed on those who litter the roadबाटोमा छरिएको गिट्टी नगर प्रहरीले संकलन गरी बाटो सफा गरेको छ । 

A fine of Rs 30,000 is imposed on those who litter the road

कान्तिपुर संवाददाता

Link copied successfully