काठमाडौँ — काठमाडौँको कालीमाटी तरकारी बजारमा काम गर्ने एक मजदुर मृत फेला परेका छन् । उनको शरीरका विभिन्न भागमा निलडाम र चोटपटक रहेका छन् । उनलाई कुटपिट गरी हत्या गरिएको हुन सक्ने प्रहरीको आशंका रहेको छ ।
दिनभर कालीमाटी बजारमा काम गर्ने ती पुरुष समूह राति साथीहरूसँग समूहमा बस्ने गर्थे । अन्दाजी ४०/४५ वर्षीय ती पुरुषको नाम/ठेगाना भने खुलिसकेको छैन ।
बुधबार बिहान कोठा नजिकै शव भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । अहिले काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय र काठमाडौँ प्रहरी परिसरको टोली घटनास्थलमा पुगेर अनुसन्धान थालेको छ ।
