‘स्वयम्भू महोत्सव’ तयारी अन्तिम चरणमा

फाल्गुन ६, २०८१

कान्तिपुर संवाददाता

'Swayambhu Mahotsav' preparations are in final stage

काठमाडौँ — काठमाडौं महानगरपालिकाले ‘स्वयम्भू महोत्सव’ को तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको छ । फागुन १० देखि १७ गतेसम्म आयोजना हुने स्वयम्भू महोत्सवको तयारी अन्तिम चरणमा पुगेको हो । उक्त महोत्वस महानगरको वडा १५ ले आयोजना गर्दैछ । 

वडाको भौगोलिक अवस्थिति, धार्मिक, सांस्कृतिक तथा सामाजिक परम्परा, मठ मन्दिर, चैत्य, गुम्बासहितका प्राचीन स्मारकजस्ता विविधतायुक्त विशेषतालाई पहिचानका रुपमा स्थापित गर्न वडा नं. १५ ले महोत्सवको आयोजना गर्न लागेको अध्यक्ष ईश्वरमान डंगोलले बताए ।

महोत्सवमा ६० वटा स्टलबाट रहने छन् । साथै प्रदर्शनीमा परम्परागत बाजा, वडावासीका जन्मदेखि मृत्यु पर्यन्तका संस्कारसँग सम्बन्धित चित्र, संस्कृति, परम्परा र बुद्धको जीवनीसँग सम्बन्धित चित्र, हुलाक टिकट र मुद्रा रहने महानगरले जनाएको छ ।

कान्तिपुर

Link copied successfully