काठमाडौँ — गत माघ २४ गते काठमाडौं महानगरपालिका-२८ कमलपोखरीस्थित शान्दार म:म हाउसमा ग्यास चुहिएर भएको आगलागीमा परी घाइते भएका थप १ जनाको मृत्यु भएको छ ।
उदयपुर गढी गाउँपालिका-७ घर भई हाल काठमाडौं कमलपोखरी बस्ने २२ वर्षीय प्रदीप तामाङको कीर्तिपुर अस्पतालमा आईसीयूमा उपचारका क्रममा शुक्रबार मृत्यु भएको हो । प्रदीपको शुक्रबार दिउँसो साढे २ बजे अस्पतालमै मृत्यु भएको उनका भिनाजु नवीन तामाङलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।
उक्त ग्यास विस्फोट घटनामा मृतकको संख्या ३ पुगेको छ । यसअघि मकवानपुर हेटौंडाका १८ वर्षीय रविन राई र उदयपुरका २५ वर्षीय भीमबहादुर घलेको मृत्यु भएको थियो ।
घटनामा ११ जना घाइते भएका थिए ।
