शान्दार म:म ग्यास विस्फोट : घाइते दुई जनाको मृत्यु

माघ २९, २०८१

कान्तिपुर संवाददाता

Shandar M:M gas explosion: Two injured and killed

काठमाडौँ — गत बिहीबार कमलपोखरीस्थित एक खाजाघरमा  ग्यास चुहिएर भएको आगलागीमा परी घाइते भएका ११ जना कामदारमध्ये दुई जनाको मृत्यु भएको छ । 

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता अपिलराज बोहराका अनुसार हेटौडाका १८ वर्षीय रबिन राई र उदयपुरका २५ वर्षीय भीमबहादुर घलेको मृत्यु भएको हो ।

कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा राईको गएराति र घलेको आज बिहान मृत्यु भएको हो । अन्य घाइतेको सोही अस्पतालमा उपचार भइरहेको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully