काठमाडौँ — काठमाडौंको चाबहिलमा एक युवकको हत्या भएको छ । चाबहिलको कुमारीगालमा सोमबार बिहान दुई समूहबीच झडप हुँदा एक जनाको हत्या भएको प्रहरीले जानकारी दिएको छ ।
झडपमा संलग्न दुवै समूहका केही व्यक्तिहरू पक्राउ परेका छन् । मृत्यु हुने र पक्राउ परेकाहरूको परिचय भने खुलाइएको छैन । प्रहरीले घटनालाई गोप्य राखेर संलग्न थप व्यक्तिको पनि अनुसन्धान सकेर मंगलबार पत्रकार सम्मेलन गरेर पूर्ण जानकारी दिइने बताएको छ ।
