कमलपोखरीस्थित शानदार म:ममा ग्यास विस्फोट

विस्फोटमा परी ११ जना घाइते, दुई जनाको अवस्था गम्भीर

माघ २४, २०८१

अंगद ढकाल

Gas explosion at Kamalpokhri

काठमाडौँ — काठमाडौँको कमलपोखरीस्थित शानदार म:ममा ग्यास विस्फोट हुँदा ११ जना घाइते भएका छन् । दुई जना घाइतेको अवस्था गम्भीर रहेको छ । घाइतेहरूलाई उपचारका लागि कीर्तिपुरस्थित जलन अस्पताल लगिएको छ । 

बिहीबार बिहान ग्यास लिक भएर विष्फोट भएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक दिनेश कुमार आचार्यले जानकारी दिए । 'बिहान विष्फोट भएको हो । अहिले विस्तृत विवरण आइसकेको छैन । प्रहरीले मुचुल्का गरिरहेको छ,' उनले भने । घाइतेहरूको उद्धार भने भइसकेको छ । 

थप विवरण आउन बाँकी छ ।

Gas explosion at Kamalpokhri

अंगद ढकाल विगत एक दशकदेखि फोटोपत्रकारका रुपमा कार्यरत छन् । उनी हाल कान्तिपुर दैनिकसँग आवद्ध छन् ।

Link copied successfully