साँखुमा महिला प्रहरी मृत फेला

माघ २३, २०८१

कान्तिपुर संवाददाता

Policewoman found dead in Sankhu

काठमाडौँ — प्रहरी प्रभाग साँखुमा एक जना महिला प्रहरी झुन्डिएको अवस्थामा मृत फेला परेकी छन् ।

बुधबार महिला प्रहरी निशा चौधरी ब्यारेकको पंखामा झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी एसपी अपिल बोहराले जानकारी दिए । उनी गौसला प्रहरीमा कार्यरत थिइन् । 

घटनाको थप अनुसन्धान सुरु भएको बोहराले जानकारी दिए ।

कान्तिपुर

Link copied successfully