त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनका गहनासहित एक महिला पक्राउ

माघ २२, २०८१

कान्तिपुर संवाददाता

A woman was arrested with gold jewelery from Tribhuvan International Airport

काठमाडौँ — अवैध रूपमा लुकाई छिपाई भन्सार छली गरी लैजान लागेको सुन जस्तो देखिने धातुको रिङ १६ थान, सुन जस्तो देखिने धातुको टुक्रा ५ थान, सिक्री १ थान, औंठी १ थान र बाला १ थान गरी करिब ९८ ग्राम तौलको सुन जस्तो देखिने धातुसहित काठमाडौं महानगरपालिका-१५ स्वयम्भू घर भएकी ५८ वर्षीया मैयाँ तामाङ गुरूङलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

थाई एयरको उडानद्वारा बैङककबाट काठमाडौं आएकी गुरूङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको आगमन टनेल गेट नजिकबाट उक्त धातुसहित फेला पारी पक्राउ गरेको हो । 

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त गौशाला पठाइएको छ ।

कान्तिपुर

Link copied successfully