ठमेलमा एक घर जल्दा ६५ लाखको क्षति

माघ १९, २०८१

कान्तिपुर संवाददाता

65 lakhs damage in a house fire in Thamel

काठमाडौँ — ठमेलको एक घरमा आज बिहान आगलागी हुँदा ६५ लाख बराबरको धनमाल नष्ट भएको छ । 

काठमाडौँ महानगरपालिका–२६ ठमेलका भविश्वर शर्माको घरको दोश्रो तलामा निजले सञ्चालन गरेको ‘सोना बाथ’मा विद्युत् चुहिँदा आगलागी भएको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ ।

प्रहरीले स्थानीय र दमकलको सहयोगमा आगो निभाएको थियो । आगो लाग्ने बित्तिकै सूचना प्राप्त भएकाले अधिक क्षति नभएको बताइएको छ ।

कान्तिपुर

Link copied successfully