काठमाडौँ — बुढानीलकण्ठ नगरपालिका-८ भंगाल बस्ने मिलन शाहको टहरामा जुवातास खेलिरहेको अवस्थामा मिलन समेत ७ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त महाराजगन्जबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५५ हजार ४ सय २० रूपैयाँ र ६ बुक ताससहित पक्राउ गरेको हो ।
भक्तपुर, भक्तपुर नगरपालिका-१ चुनदेबीस्थित नर बहादुर खड्काको आरबिके सप्लायर्समा जुवातास खेलिरहेको अवस्थामा भक्तपुर सल्लाघारी बस्ने सिन्धुली कमलामाई नगरपालिका-७ घर भएका ५२ वर्षीय ओम बहादुर जोगी समेत ६ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४४ हजार ६ सय रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
