महांकाल गाउँपालिका उपाध्यक्ष गोलेलाई ‘इन्टरनेशनल वुमेन्स लिडरसिप अवार्ड’

माघ ६, २०८१

कान्तिपुर संवाददाता

”International Women's Leadership Award” to Mahankal Rural Municipality Vice President Gole

ललितपुर — ललितपुरको महांकाल गाउँपालिका उपाध्यक्ष डोल्मा माया गोले ‘इन्टरनेशनल वुमेन्स लिडरसिप अवार्ड’ बाट सम्मानित भएकी छन् ।

भारतको नयाँ दिल्लीमा आयोजित एक समारोहबीच उपाध्यक्ष गोले उक्त अवार्डबाट सम्मानित भएकी हुन् । इन्टरनेशनल अवार्ड फोरम अमेरिकाले आयोजना गर्दै आएको उक्त अवार्ड हरेक वर्ष समाजका विभिन्न क्षेत्रमा उत्कृष्ट काम गरेर योगदान दिएका व्यक्तिलाई प्रदान गरिने गरेको छ । 

गोले १४ वर्षको उमेरदेखि नै राजनीति र समाजसेवामा सक्रिय छिन् । तत्कालीन नेकपा माओवादीकी छापामार गोले माओवादी आन्दोलनका बेला पटक–पटक जेलसमेत परिन् । जेलबाटै एसएलसी पास गरेकी हुन् ।

कान्तिपुर

Link copied successfully