माघ १० गतेबाट महानगरले ‘सहिद सप्ताह’ मनाउँदै

माघ ६, २०८१

कान्तिपुर संवाददाता

From January 10th, the metropolis is celebrating 'Martyr Week'

काठमाडौँ — काठमाडौं महानगरपालिकाले माघ १० गतेबाट ‘सहिद सप्ताह’ मनाउने निर्णय गरेको छ ।

महानगरको सुशासन समितिले सहिदको सम्झनामा सहिद सप्ताह मनाउने जानकारी दिएको हो ।

सप्ताहको पहिलो दिन टेकु मचली, १३ गते सिफल उकालो र १५ गते शोभा भगवतीमा कार्यक्रम हुनेछ । यस्तै माघ १६ गते शान्ति बाटिकाबाट प्रभातफेरी गर्दै लैनचौरमा पुगेर सहिद स्तम्भमा सभा हुने महानगरले जानकारी गराएको छ ।

सभामा प्रधानमन्त्री तथा मन्त्रीसहित विशिष्ट व्यक्ति स्मृति सभाका लागि सहभागी हुने महानगरले जनाएको छ ।

कान्तिपुर

Link copied successfully