काठमाडौँ — शंखमुल टाउन प्लानिङ क्षेत्रमा आज विद्युत सेवा अवरुद्ध हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले मर्मत सम्भारलगायतका काम गर्नुपर्ने भन्दै सम्बन्धित क्षेत्रका बासिन्दाहरूलाई विद्युत सेवा अवरुद्ध हुने जानकारी दिएको हो ।
प्राधिकरणका अनुसार पुल्चोक वितरण केन्द्रको यूएन पार्क फिडर अन्तर्गत पर्ने शङ्खमूल टाउन प्लानिङ क्षेत्रमा आज बिहान ११ बजेदेखि २ बजेसम्म बिजुली कटौती हुनेछ ।
सो क्षेत्रमा प्राधिकरणले भूमिगत प्रसारण लाइनको काम गरिरहेको छ । प्राधिकरणले निर्धारित कार्य तोकिएको समयभन्दा अगावै सम्पन्न भए बिजुली प्रवाह शीघ्रसमेत हुन सक्ने जनाएको छ ।
