काठमाडौँ — काठमाडौं महानगरपालिकाले सवारी साधनको प्रदूषण जाँच गरी हरियो स्टिकर लिन आग्रह गरेको छ ।
महानगरले २०८१ पुस ४ गते महानगरको नाम दर्ता कायम भई प्रयोग, सञ्चालनमा रहेका सवारी साधनको प्रदूषण जाँच गरी सूचना जारी भएको सात दिनभित्रमा हरियो स्टिकर र सवारी साधन दर्ता प्रमाणपत्र अनिवार्य रूपमा लिन सूचित गरेको हो ।
महानगरको विभाग/सचिवालय/आयोजना/इकाइ/वडा कार्यालयअन्तर्गत प्रयोग सञ्चालनमा रहेका सवारी साधनका लागि महानगरले शुक्रबार उक्त सूचना जारी गरेको हो । यसका लागि महानगरको वातावरण व्यवस्थापन विभागलाई आवश्यक सहजीकरण गर्नसमेत अनुरोध गरिएको छ ।
