काठमाडौँ — काठमाडौं महानगरपालिका-३२ कोटेश्वरस्थित होटेल बिश्पुलबाट पेस्तोल १ थान, म्यागजिन १ थान र गोली ९ राउन्डसहित कोटेश्वर नरेफाँटका ३३ वर्षीय सनराइज खड्कालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं उपत्यका प्रहरी कार्यालयबाट खटिएको प्रहरीले होटेलको कोठा नम्बर ४०१ बाट उक्त हतियार फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
